पिएसजीमै थप एकवर्षको लागि सम्झौता नविकरण गर्दै मेस्सी
पेरिस । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै थप एक वर्षका लागि रहने भएका छन् ।
कतारमा हालै भएको विश्वकपमा अर्जेन्टिनालाई विजयी बनाउन मुख्य भूमिका निर्वाह गरेका मेस्सीको क्लबसंगको अनुबन्धन २०२३ को जुनमा सकिदैं थियो ।
गत साता मात्रै मेस्सीले आफ्नो फुटबल करियरको २१ वर्ष बिताएको बार्सिलोनाका अध्यक्ष जोहन लापोर्टाले मेस्सीलाई फेरी बार्सामै ल्याउनु आफ्नो लागि खुशीको कुरा हुने बताएका थिए ।
तर क्लबले मेस्सीलाई अप्रोच नै नगरेको बिबिसीले उल्लेख गरेको छ ।
अब मेस्सीले फ्रेन्च क्लबसंग थप एक वर्ष अनुबन्धित हुनेछन् भने उनले अर्को वर्षको लागि पनि सम्झौता नवीकरण गर्न पाउनेछन् ।
फ्रेन्च क्लबमै बस्नको लागि पिएसजीका निर्देशक लुइस क्याम्पोस र मेस्सीका बुवा जर्जबीच करिब ४ महिनादेखि छलफल भइरहेको थियो ।














