५ महिनामा २७ करोडको यार्चागुम्बा निर्यात
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ८१ लाख नेपाली रुपैंयाको यार्सागुम्बा निर्यात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्ममा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेशतर्फ निर्यात भएको हो ।
५ महिनाको अवधिमा नेपालबाट ४५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।
नेपालबाट यस अवधिमा विश्वका ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ ।
विभागका अनुसार युरोप, एसिया र अमेरिकाका देशमा नेपालबाट यार्सागुम्बा निर्यात भएको छ ।
हङकङमा ११ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडको यार्सागुम्बा निर्यात भएको छ ।
यस्तै, भियतनाममा ४ करोड निर्यात हुँदा अमेरिकामा ५१ लाखको निर्यात भएको छ ।
यसैगरी, सिंगापुरमा ८७ लाखको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा २३ लाखको निर्यात भएको छ ।
यसबाहेक, संयुक्त अधिराज्य, दक्षिण कोरिया, इटाली, जर्मनी र फ्रान्समा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।












