भारतको विदेशी मुद्रा सञ्चिति ५७ करोड डलरले घट्यो
|
Getting your Trinity Audio player ready...
|
नयाँ दिल्ली । भारतको विदेशी मुद्रा सञ्चिति गत हप्ता करिब ५७.१ करोड डलरले घटेको छ । जबकि पछिल्लो पाँच सातादेखि विदेशी मुद्रा सञ्चिति बढ्दै गएको थियो ।
शुक्रबार जारी आरबीआईको तथ्याङ्क अनुसार डिसेम्बर १६ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति ५६३ अर्ब ४९ करोड डलरमा झरेको छ ।
अघिल्लो साता विदेशी मुद्रा सञ्चिति २ अर्ब ९१ करोड डलरले बढेर ५ खर्ब ६४ अर्ब ६ करोड डलर पुगेको थियो । अक्टोबर २०२१ मा भारतको मुद्रा सञ्चिति ६४५ अर्ब डलरको उच्चतम स्तरमा थियो ।
विदेशी मुद्रा सञ्चिति घट्नुको कारण आरबीआईले डलरको तुलनामा घट्दै गएको रुपैयाँ जोगाउन मुद्रा सञ्चिति प्रयोग गरेको थियो । डलरको तुलनामा रुपैयाँको भाउ निरन्तर ओरालो लागेको छ ।








