पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट ओछ्याएर स्वागत, गरे विशेष पूजा
जनकपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । ज्ञानेन्द्र आउने भएपछि जानकी मन्दिर परिसरमा रातो कार्पेट बिच्छ्याइएको थियो ।
जानकी मन्दिरमा विशेष पूजा गर्नको लागि ज्ञानेन्द्र शुक्रवार नै जनकपुर पुगेका थिए । शनिवार विशेष पूजा गरिसकेपछि उनलाई मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले मायाको चिनो प्रदान गरेका थिए । पूजा पाठपछि उनी यात्री निवास गएका थिए ।
शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।











