सरकार गठनबारे प्रचण्ड र देउवाबीच छलफल
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकार गठनको लागि दाबी पेश गर्ने समयसीमा सकिन लागेसंगै प्रधानमन्त्री शेर बहादुर देउवा र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ ।
सरकार गठन तथा पदको भागबण्डाबारे छलफलका लागि दुई नेताहरु बालुवाटारमा भेट गरिरहेका हुन् ।
शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।
प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन ।
सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भइरहेको हो ।















