रिहा पछि फ्रान्स डिपोर्ट भए बिकिनी किलर
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालमा ३ विदेशी पर्यटकको हत्या गरेको अभियोगमा आजीवन जेल सजाय भुक्तान गरिरहेका सिरियल किलर चार्ल्स शोभराजलाई आज फ्रान्स डिपोर्ट गरिएको छ ।
निकै बुढो भइसकेको भन्दै सर्वोच्च अदालतले उनको बाँकी जेल समय मिनाहा गर्न आदेश दिदैं उनलाई रिहा गरेको १५ दिनभित्र आफ्नो देश फिर्ता पठाउन आदेश दिएको थियो ।
शुक्रवार उनलाई केन्द्रिय कारागारबाट रिहा गरेर अध्यागमन विभाग मार्फत स्वदेश फिर्ता पठाइएको हो ।
उनलाई कतार एअरवेजको बेलुकी साढे ६ बजेको फ्लाइटबाट दोहा हुँदै पेरिस पठाइएको हो ।















