चार्ल्स शोभराजलाई आज अध्यागमन विभागलाई हस्तान्तरण गरिदैं
काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई सुनधारास्थित केन्द्रीय कारागारले अध्यागमन विभागलाई हस्तान्तरण गर्दैछ । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त हुने भएका हुन् ।
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ ।
हिजो छुट्न उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो ।
सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।















