पोखरा एअरपोर्टमा आज डेमो उडान हुँदै
पोखरा । नेपालकै तेस्रो अन्तर्राष्ट्रिय एअरपोर्ट – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो (प्रदर्शन) उडान हुँदैछ ।
आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् ।
दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।
नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।















