२६ सांसदले मातृभाषामा लिँदैछन् शपथ
काठमाडौँ । २६ जना नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।
उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् ।
मैथली भाषामा तीन जनाले शपथ लिने छन् । यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।
बिहीबार ज्येष्ठ सदस्यको रुपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।
कसले कुन भाषामा लिँदैछ शपथ ?
सराज अहमद फारुकी : उर्दु भाषा
हितबहादुर तामाङ : तामाङ भाषा
प्रदीप यादव : भोजपुरी भाषा
रुपा सोसी चौधरी : थारु भाषा
दुर्गा राई : कोइ/कोयू भाषा
रामसहाय प्रसाद यादव : भोजपुरी भाषा
रन्जु कुमारी झा : मैथली भाषा
कान्तिका सेजुवाल : नेपाली खस भाषा
अरुण कुमार चौधरी : थारु भाषा
गंगाराम चौधरी डगौरा : थारु भाषा
लालवीर चौधरी : थारु भाषा
विनिता कुमारी सिंह : मधेसी भाषा
चन्द्रकान्त राउत : मधेसी भाषा
अनिता देवी : मधेसी भाषा
सोनु मुर्मु : सन्याली भाषा
सुमना श्रेष्ठ : नेपाल भाषा
मनिष झा : मैथली भाषा
लक्ष्मी तिवारी : अवधि भाषा
अशोक कुमार चौधरी : थारु भाषा
मिना तामाङ : तामाङ भाषा
असिम साह : नेपाली/मुस्लिम भाषा
सूर्यमान तामाङ दोङ : तामाङ भाषा
महिन्द्रराय यादव : हिन्दी भाषा
उमरादेवी यादव : भोजपुरी भाषा
किरण कुमार साह : संस्कृत भाषा
















