एनएसएलले आठ वर्षमा एन्फालाई सत्र करोडभन्दा बढी दिने
काठमाडौँ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लिले नेपाल सुपर लिग फुटबल लिग आयोजनाका लागि आठ वर्षमा १७ करोड २१ लाख उपलब्ध गराउने भएको छ । मंगलबार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि र अखिल नेपाल फुटबल संघ (एन्फा)ले को एनएसएल आयोजना गर्ने सम्बन्धमा सम्झौता गरेका हुन् ।
उक्त सम्झौता अनुसार कम्तीमा आठ वर्षको लागि हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार एम्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिलाई प्रतियोगिताको सम्पूर्ण अधिकार दिए बापतको आठ वर्षमा १७ करोड २१ लाख उपलब्ध गराउने भएको छ । सोही कार्यक्रममा पहिलो सिजनको लागि उपलब्ध गराउन पर्ने एक करोड पचास लाख रकम बराबरको चेक एनएसको अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राई लाई हस्तान्तरण गरेको लिगका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जानकारी दिए












