समाजवादीले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैनः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभन्दा बाहिर जाने सोच्दा समेत नसोचिएको बताएका छन् ।
निर्वाचित सांसदहरूलाई शुभकामना दिने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै समझदारी बनाएर जाने बताएका हुन् ।
अहिले गठबन्धनभन्दा बाहिरबाट सरकार बन्ने स्थिति नभएको नेपालले बताए ।
‘अहिले हामीले सत्ता गठबन्धनभन्दा बाहिर सोच्नु हुँदैन । यहीँ गठबन्धनबाटै देशको नेतृत्व गर्ने समझदारी बनाउनुपर्छ’ नेपालको भनाई उदृढ गर्दै एक नेताले भने, ‘सत्ता गठबन्धनबाट बाहिर जाँदा हामीलाई पनि राम्रो हुँदैन । संसदीय अंकगणितपनि पुग्दैन ।’
सत्ता गठबन्धनको बैठक बसेर प्याकेजमा सहमति गरेर अघि बढिने नेपालले बताए ।
निर्वाचित सांसदहरूलाई देशमा भइरहेको भ्रष्टाचार अनियमितता र विभेदका विषयमा सशक्त रूपमा आउन उठाउन निर्देशन दिएको ती नेताले बताए । संसद्को गरिमालाई जोगाउँदा जनताका मुद्दामा केन्द्रित भई काम गर्ने आग्रह गरिएको छ ।














