जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन
काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।
सोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले उनलाई सर्वसम्मति रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए।
यस्तै, उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ।
त्यसैगरी, सदस्य-सचिवमा विनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।
।














