नेकपा माओवादीले पनि बोलायो पदाधिकारी बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आइतवारको लागि पदाधिकारी बैठक बोलाएको छ। पदाधिकारी बैठक दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने महासचिव देव गुरुङले जानकारी दिए ।
महासचिव गुरुङका अनुसार बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ ।
माओवादीमा संसदीय दलको नेता चयनमा विवाद देखिएको छैन, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका छन् ।
कांग्रेसले भने आफू सबैभन्दा ठूलो पार्टीको हैसियतमा कांग्रेसले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।














