कांग्रेसले बुधबारसम्म संसदीय दलको निर्वाचन गर्ने, आज निर्वाचन समिति बनाउने
ललितपुर । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तयारी थालेको छ ।
यसका लागि आइतबार कांग्रेसले कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।
कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको निर्वाचनका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ ।
महामन्त्री गगन थापाका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठक दिँउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
महामन्त्री थापाले बैठकले निर्वाचन समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । उनले बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन हुने बताए ।














