कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
ललितपुर । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
४ मंसिरको चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो ।
यो बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।














