देउवाले बालुवाटारमा बोलाए नवनिर्वाचित सांसद
काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट निर्वाचित सांसदलाई शनिवार दिउँसो बालुवाटारमा बोलाएका छन् ।
नवनिर्वाचित सांसदलाई बधाई दिन तथा संसदीय दलको निर्वाचनको बारेमा छलफल गर्नको लागि सांसदहरुलाई बोलाइएको स्रोतले जानकारी दिएको छ ।
सबै सांसदहरुलाई दिउँसो ३ बजेभित्र बालुवाटार पुगिसक्नको लागि जानकारी दिइएको छ ।











