काभ्रे दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, घाइतेको उपचार र उद्दारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
काभ्रे । काभ्रेपलाञ्चोकको बेनाथचोकमा मंगलवार राती भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मंगलवार बेलुकी भएको उक्त घटनामा करिब २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
बुधवार बिहान गृहमन्त्री बालकृष्ण खाँणले उक्त दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् भने प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका छन् ।
प्रजिअ पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














