चिनियाँ नागरिक बसेको होटलमा भएको कारबाही सकियो, आक्रमणकारी मारिए, पाहुना सुरक्षित
काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ ।
तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए ।
कैयौँ घन्टाको उद्धार कार्यपछि त्यहाँबाट विदेशी पाहुनालाई सकुशल उद्धार गरिएको छ ।
त्यस होटलमा सोमबार अज्ञात बन्दुकधारीले हमला गरेका थिए र त्यसपछि त्यहाँ प्रहरी पुगेर उद्धारको काम सुरु गरेको थियो ।
काबुलको लोङ्गान होटेलमा सोमबार अपराह्न आक्रमण भएपछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको र होटललाई सिल गरेर उद्धारको काम थालेको थियो ।
प्रहरीले सोमबार राति दिएको जानकारीमा सो होटल आक्रमणको निसानामा परेको थाहा भएपछि तालिबान सुरक्षाकर्मी त्यहाँ पुगेर विदेशी तथा स्वदेशी पाहुनाको उद्धारको काम थालेका थिए ।
त्यस क्रममा आक्रमणमा संलग्न रहेका तीन जना अक्रमणकारी मारिएका र अरु केही घाइते भएका छन् । तर होटलमा रहेका पाहुनाको भने सकुशल उद्धार गरिएको बताइएको छ ।
यहाँको तालिबान सरकार गत वर्षको अगष्टमा सत्तामा आएयता तालिबानले सुरक्षामा सुधार गरेको दाबी गरेका थिए ।
तर अहिले पछिल्लो समयमा भने यहाँका कैयाँ स्थानमा बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।















