नेपालमा विद्युतीय गाडीको एक्स्पो सुरु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि ईभी नेपाल एक्स्पो सुरू भएको छ ।नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो सुरु गरिएको आयोजकले जनाएको छ ।
भृकुटीमण्डपमा ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको र ५०० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ ।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको आयोजक एसडी एक्स्पो मिडियाले जनाएको छ ।







