काठमाडौं महानगरपालिकामा करार कर्मचारी नियुक्ति गर्दा लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

Kathmandu-Metropolitan-City-Notice
2


काठमाडौं। काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारीहरु नियुक्ति गर्दा लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारहरुलाई प्राथमिकता दिने भएको छ।


मंगलबार महानगरपालिकाले सूचना जारी गर्दै करार सेवामा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको छ। 


महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्दा आव २०७९/०८०मा लोसकेवा आयोगका विभिन्न विज्ञापन र सूचनामा अस्थायी वैकल्पिक योग्यता क्रममा रहेका उम्मेदवारहरुलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।




अस्थायी तथा वैकल्पीक योग्यताक्रममा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर र इस्ट्रक्चर इन्जिनियरका उम्मेदवारहरुलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवदेन दिन अनुरोध गरिएको छ। 



Support Nepali Journalism

Author