चुनाव जितेको खुशीयालीमा विश्वप्रकाशलाई कागती र खुर्सानीको माला
काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।
मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् l
“कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ। यसो गर्दा कसैको पनि नकारात्मक दृस्टी निष्फल हुन्छ भन्ने जनविश्वास छl अबको २५ वर्षसम्म कसैको नजर नलागोस् भनी स्थानीयले शर्मालाई माला लगाइदिएको” उनको सचिवालयले जनाएको छ।
कागती र खुर्सानीको माला लगाइदिएको लिलावस्ती शर्मालाई दुध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो l
विश्वप्रकाशलाई जन्म दिने आमा सावित्री शर्माको दुध सानो बच्चालाई अघाउने गरी नआएपछि छिमेकमा सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन् l
लिलावस्ती शर्मालाई शतप्रतिशत जस्तै मत हाल्ने गाउँका रूपमा चिनिन्छ l














