अमेरिकाको ओक्ल्यान्डमा फेरि लुटिए नेपाली, यात्रुले पेस्तोल देखाएर लगे नेपाली उबर चालकको गाडि (भिडियो सहित)
पेन्सिलभेनिया, अमेरिका / उत्तरी क्यालिफोर्नियामा फेरि एक नेपाली लुटिएका छन् । ओक्ल्यान्डमा नेपाली उबर चालक लुटिएका हुन् । यात्रुको रुपमा गाडि चढेका दुई जनाले “तिमी कहाँको हौं?” भन्दै पेस्तोल देखाउदै नेपाली चालकलाई लुटेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
ढिलो गरि सार्वनिक भएको घटना अक्टोबर एक तारिक स्थानीय समय अनुसार साँझ आठ बजे भएको जनाइएको छ।
उत्तरी क्यालिफोर्नियाको ओक्ल्यान्डमा विमल थापा मगर लुटिएको बताइएको छ। दुई जना यात्रुले तिमी कहाँ को हौ भन्दै सोधेको अनि आफुले नेपालको भने पछि पेस्तोल देखाएर लुटेको विमलले जनाएका छन्।
शुरुमा उनीहरुले ह्यान्ड स्यानिटाइजर मागेको त्यस पछि पेस्तोल देखाएर पर्स र चाबी मागेको पछि गाडि नै लगेको विमलले जनाएका छन्।
सार्वजनिक भिडियोमा हुडी र मास्क लगाएका दुई पुरुष कारमा बसिरहेको देखाइएको छ। शुरुमा विमलले यात्रुलाई सेनिटाइजर उपलब्ध गराएको देखिन्छ। त्यस पछि पेस्तोल देखाउदै कन्चटमा ताकेको देखिन्छ।
‘उनीहरुले मलाई भुइँमा सुत्न आदेश दिए, त्यसपछि मेरो कारको चाबी लिएर गए’ विमलले स्थानीय सञ्चार माध्यम सँग भनेका छन्।
ओकल्याण्ड प्रहरीले लुटपाटको पुष्टि गरेको छ र अनुसन्धान गरिरहेको जनाएको एबीसी सेभेनले आफ्नो समाचारमा जनाएको छ।
विमलका अनुसार घटनाको केही दिनपछि ओपीडीले आफ्नो होन्डा सेडान गाडी निकाल्न सफल भएको थियो ।
उबरले यस घटनाको लागि कुनै क्षतिपूर्ति नदिए पनि प्रतिस्थापन गाडीको लागि कम्पनीको बीमा प्रयोग गर्न सक्षम भएको उनको दाबी छ।
यस अगाडि गत मे महिनामा ओक्ल्यान्डमा एक नेपाली कुटिएका थिए।
अमेरिकामा सार्वजनिक स्थलमा एक नेपाली कुटिए,गम्भिर अवस्थामा अस्पताल भर्ना,सहयोगको अपिल


















