एनआरएनए अमेरिका साधरण सभा : उद्घाटनमा अतिथि सहित करिव दुई सय जना सहमागि, सानो हलमा पनि अधिकांस सिट खाली
|
Getting your Trinity Audio player ready...
|
नर्थ क्यारोलिना । निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको साधरण सभाको उद्घाटनमा सहभागिहरुको संख्या न्युन देखिएको छ।
जवकी एनसीसी अमेरिका विश्वमा सबै भन्दा धेरै सदस्य रहेको मुलुक हो । एनआरएनए अमेरिकामा २० हजार भन्दा बढी सदस्य छन्। हलमा अतिथि सहित करिव दुई सय जना सहभागि छन् ।

एनसीसी अमेरिका कार्यसमितिका पदाधिकारीहरु नै साधरण सभामा अनुपस्थित छन्। साधरण सभा सँग सँगै विज्ञ सम्मेलन पनि भनिएको छ।
साधरण सभाको उद्घाटनमा आइसीसीका दुई दुई अध्यक्ष कुल आचार्य र रविना थापा तथा महासचिव डाक्टर केशव पौडेल सहभागि छन्।

एसीसी अमेरिकाका उपाध्यक्ष सुमन थापा कन्भेनर रहेको साधरण सभा उद्घाटनको व्यवस्थापन पनि निकै फित्तलो देखिएको छ।
साधरण सभाको प्रमुख अतिधिको रुपमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा रहेका छन् । शर्माले पासनमा बत्ति बालेर साधरण सभाको उद्घाटन गरेका थिए।

शर्माले साधरण सभाको उद्घाटन गर्ने समयमा आसीसीका अध्यक्ष कुल आचार्य भने हल बाट बाहिर निश्किएका थिए।
अमेरिका निवासी आइसीसीका महाचसिव गौरी जोशी र कोषाध्यक्ष सुनिल शाहले साधरण सभा बहिस्कार गरेका छन् । यस्तै सीपी पौडैलको नेतृत्वमा रहेको अर्को समुहले आजमा टेक्सासमा भेला बोलाएको छ।
एनआरएनए अमेरिका साधरण सभा : कुल आचार्य र रविना थापा नर्थ क्यारोलिना आए, गौरी जोशीको खोजी
*यस आगाडि शिर्षकमा दुई सय हुनु पर्नेमा अन्यथा भएकोका क्षमामाग्दै सच्याएका छौ : सम्पादक












