अमेरिकामा जारी एनआरएनए एनसीसी कप क्रिकेट: नेपाल टस हारेर ब्याटिङमा
|
Getting your Trinity Audio player ready...
|
ह्युस्टन । एनआरएनए एनसीसी युएसए कप क्रिकेटको पहिलो खेलमा नेपाल ब्याटिङमा उत्रिएको छ।
टेक्सासको ह्युस्टनमा नेपाली राष्ट्रिय क्रिकेट टिम नेपाली अलस्टार सँग टस हारे पछि पहिलो व्याटिङमा उत्रिएको हो।
आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला लागि नेपाली टिम अमेरिका । औपचारिक म्याच अगाडि नेपाली टिमले खेल्ने दुई अभ्यास खेललाई एनआरएनए कप युएसए नाम दिइएको छ।
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाली अल स्टार्स र नेपलीज् एसोसियसन अफ ह्युस्टन सँग समन्वय गर्दै एनआरएनए युएसए कपमा आयोजना गरेको हो ।
ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा पहिलो व्याटिङ गरेको नेपालले १५ ओभर सकिदा ३ विकेट गुमाएर ५० रनको स्थितिमा छ।
ओपनर कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भए ।
नेपाली अल स्टारको नेतृत्व पृथु बास्कोटाले गरेका छन्। राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी पुथु पछिल्लो समय अमेरिकामा छन् । यस्तै अलस्टारमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य बसन्त रेग्मी लगायत छन्।
अल स्टार्सका कप्तान पृथुले टस जिते पछि फिल्डिङ रोजेका हुन्।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिका र ओमानसँग खेल्ने छ। सो खेल जुन ९ तारिक देखि शुरु हुने छ।
एनआरएनए कपको दोस्रो खेलमा नेपालले जुन ४ तारिक ह्युस्टन हुरिकेन सँग खेल्ने छ।













