निर्वाचनका बारे अन्यौलता हुने अभिव्यक्ति नदेउ : निर्वाचन आयोग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।
राजनीतिक दलका शिर्ष नेताहरुले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेपछि आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
चिर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाले दिए निवेदन
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लािग ६५ वटा संस्थाले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।
‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।
निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।












