अमेरिकामा नेपालीले मनाए धुमधाम होलि (फोटो फिचर)

नेपाली समाज टेक्सास (एनएसटी) र इन्द्रेणी संस्कृतिक समाजको संयुक्त आयोजनामा टेक्सासको ग्रेपभाइन लेकमा नेपालीहरुको बाक्लो उपस्थितिमा होलि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाली मन्दिरका पुरोहित मेघराज निरौला द्वारा स्वस्तिक बाचन गरि विधिवत रुपमा शुरुवात गरिएको थियो । कार्यक्रममा ‘हन्डि फुटाई’, ‘डोरि तानि’, विङगो लगाएतका विविध कायक्रमहरु रहेका थिए । नेपालीहरुको बाक्लो उपस्थितिमा नेपाली गित संगित सहित होलिको रौनक निकै उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।
“हामिले हाम्रो संस्कार हाम्रा वालवच्चालाई देखाउन पायौं । कोरोनाका कारण हामी पनि लामो समय देखि एक ठाँउमा हुन पाएका थिएनौ तर आज सबैलाई मनोरञ्जन दिन सफल भयौं ।” कार्यक्रम पछि एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले भने ।
वाग्ले नेतृत्वमा आए पछि एनएसटीले गरेको यो पहिलो बृहत कार्यक्रम हो । होलीमा टेक्सास आसपासमा रहेका नेपालीहरु आफ्ना बालबच्सा सहित उपस्थित भएका थिए ।
व्यवस्थितिरुपमा भएको कार्यक्रममा नेपाली डि.जे सहित सम्पुर्ण टेक्सास वासि नेपाली समुदायले रमाइलो मानेका थिए ।
अब एनएसटीले अर्को कार्यक्रम ‘नेपाल डे परेड’ डालस सहरको डाउन टाउनमा मे २९ मा नेपालको गणतन्त्र दिवसका दिन गर्ने भएको छ ।
सो कार्यक्रम अझ व्यापक र व्यवस्थित बनाऊने एनएसटीका मिडिया संयोजक पुण्य पाण्डेको भनाइ छ ।


यो पनि हेर्नुहोस
होलिको उपलक्ष्यमा टेक्सासमा आयोजित भलिवलको उपाधि कैलास दत्त टिमलाई