नेपाली समुदायबाट अमेरिकी मुलधारको राजनीतिमा जाने व्यक्ति साझा र निश्पक्ष हुनु पर्छ : कमल सापकोटा

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाली समाज टेक्सासको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित कमल सापकोटाले अमेरिकाको मुलधारको राजनीतिमा जाने व्यक्ति साझा र निश्पक्ष हुनु पर्नेमा जोड दिएका छन् ।
यस्तै सापकोटाले आफुले पाकिस्तानीमुलका उमेदवारलाई कुनै सहयोग वा आश्वाशन नदिएको पनि बताएका छन् । ‘नेपाली यदि अमेरिकी मूलधारको राजनीतिमा सहभागी हुँदा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने कुरा म आफु पुर्ण जानकार छु ।’ सापकोटाले प्रष्ट पारेका छन् ।
पाकिस्तानी मुलका अमेरिकन सलमान भोजानीको चुनावी क्याम्पियनको एउटा कार्यक्रममा सापकोटा सहितका केही व्यक्ति सहभागि भएको विषयले नेपाली समाजमा हङ्गमा ल्याएको थियो ।
भोजानी टेक्सास राज्य संसद (हाउस डिस्ट्रीक) एचडी ९२ मा डेमोक्रेटिभ पार्टीको तर्फबाट उमेदवार बन्न प्रयासरत छन् । सोही पदमा नेपालीमुलका अमेरिकी दिनेश शर्माले पनि एउटै पार्टीबाट उमेदवारी दिदै छन् । दुबै प्रारम्भिक चरणको नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । शर्मा नेपाली समाज टेक्सासका निवर्तवान अध्यक्ष हुन ।
भोजानीले गत आइतवार दक्षिण एशियालीमुलका समुदाय सँग भेटघाट राखेका थिए । यसै क्रममा टेक्सासमा रहेका नेपाली सँग पनि भेट गरेको फोटो भोजानीले ट्वीट मार्फत सार्वजनिक गरे ।
त्यस पछि नेपाली समाज टेक्सासको निर्वाचनमा दिनेश शर्माले राजेन्द्र वाग्लेलाई सघाएको रिस फेर्न सापकोटा सहितको टोली भोजानीको चुनावी क्याम्पियनमा गएको भन्दै समुदायका केही सदस्यबाट उनीहरुको आलोचना भएको थियो ।
भोजानीको कार्यक्रममा सहभागि भएका समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापाले सोमवार नै आत्मालोचना सहित स्पष्टिकरण दिएका थिए ।
मंगलवार विज्ञप्ति जारी गर्दै सापकोटाले मुलधारको राजनीतिमा जाने व्यक्ति साझा र निश्पक्ष हुनु पर्नेमा जोड दिएका छन् । ‘तर त्यस्तो ईच्छा राख्ने ब्यक्ति हाम्रो समुदायमा साझा र निश्पक्ष हुन पनि सक्नु पर्छ की पर्दैन र ?’
नेपाली समाज टेक्सासको चुनावमा शर्मा निश्पक्ष हुन नसकेको सापकोटाको आरोप छ । साथै सापकोटाले उमेदवारको कुरा सुन्न जादैमा समाजिक संजालमा प्रायोजित र सुनियोजित फोटो प्रयोग गरेर गालि गलौज गर्दा हाम्रै उमेदवारलाई क्षति हुने पनि बताएका छन् ।
सापकोटाको विज्ञप्तिको पूर्णपाठ
आदरणीय दाजुभाई तथा दिदी बहिनीहरू,
गत आईतबार सलमान भोजानीसंगको अन्तरक्रियामा मेरो पनि उपस्थितीलाई लिएर सामाजिक संजालमा भएका टिका टिप्पणीका बारेमा मेरो ध्यानाकर्षण भएको छ र त्यस बारेमा मेरो आप्mनो वास्तविकता स्पष्ट पार्न चाहान्छु ।
पहिलो कुरा जुन कार्यक्रमको बारेमा अतिरन्जित ढंगले हल्ला गरियो त्यो कार्यक्रममा सहभागी मात्रै भएको हुँ । जवकी कसैले आमन्त्रण गर्दछ भने मेरो आफ्नो समय व्यस्थापन भएसम्म सहभागीता जनाउँछु । कार्यक्रममा उपस्थिति हुँदैमा मैले नत उनको समर्थनमा बोलेको छु नत कुनै सहयोग नै गरेको छु । हामी सामाजिक प्राणी भएकोले सभा समारोहमा वा वोलावट भएका कार्यक्रममा सहभागी हुनु कुनै अपराध होईन ।
दोश्रो कुरा जहाँसम्म मित्र दिनेश शर्माको कुरा छ, दिनेश जीले आजसम्म नत मलाई कुनै कार्यक्रममा बोलाउनु भएको छ, नत कुनै सहयोगको आग्रह गर्नु भएको छ । अमेरिकी चुनाबमा उठ्दै गर्दा र स्थानीय सघसंस्थामा अध्यक्ष जस्तो पदमा बसेर काम गर्दा पनि दिनेशजी स्वतन्त्र र निश्पक्ष हुन सक्नु भएन भन्ने मेरो ठम्याईमा म आज पनि त्यहि अडानमा कायम छु ।
मैले नेपाली समाज टेक्सासमा अध्यक्षमा उमेद्वारी दिएपछि उहांलाई मेरो प्रचार प्रसारमा लाग्न कहिल्यै भनिन, खाली निश्पक्ष रहन र सदस्यहरूको विवरण एकतर्फि चुहाबट नगर्न आग्रह गरेको हुँ । तर उहांले सुन्नु त भएन नै, उल्टै मेरोबिरूद्धमा उहाँ मोर्चा बन्दि नै गरेको यथेष्ट प्रमाण मसंग छ । मेरो प्रतिस्पर्धामा रहेको टीम बनाउन उहाँले के कति जनालाई पदको आश्वासन दिंदै हिड्नु भएको रहेछ भन्ने कुरा सपथ ग्रहण कार्यक्रममा छरपष्ट भएकै हो । त्यो नेपाली समाजमा प्रष्ट छदैछ ।
त्यसैगरी एकजना नेपाली यदि अमेरिकी मूलधारको राजनीतिमा सहभागी हुँदा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने कुरा म आफु पुर्ण जानकार छु । तर त्यस्तो ईच्छा राख्ने ब्यक्ति हाम्रो समुदायमा साझा र निश्पक्ष हुन पनि सक्नु पर्छ की पर्दैन र? अन्यथा एकातर्फी सामाजिक सन्जालमा हल्ला गर्दैमा केहि जितिन्न वास्तविकता आम समुदायमा जगजाहेर छ ।
हामी एकातिर लोकतान्त्रिक पार्टीको सदस्य भएको हवाला दिदैं ट्रम्प प्रबृत्तिको बिरोध गर्छौ, अर्को तिर “अरू कसैको कुरा नसुन, म जो हो त्यही नै ठिक हो, अन्यथा तिमी गलत होस” भन्ने निरंकुश सोचका साथ साईबर सेना लगाएर खेदो गर्छौ, यो कुन खालको लोकतान्त्रिक चरित्र हो ? यस्तो प्रबृत्तिले एक छिन त रमाईलो लाग्ला, अन्तत हाम्रै उम्मेदबारलाई घाटा हुन्छ । एक जना उम्मेदबारको कुरा सुन्न जाँदैमा सामाजिक संजालबाट प्रायोजित र सुनियोजित फोटो प्रयोग गरेर धम्कि, गालि गलौज र बिष बमन गरेर एकैछिन त बहादुर भईएला, तर त्यसको क्षय हाम्रै उम्मेदबारलाई हुनेछ, त्यसतर्फ पनि आदरणीय व्यक्तित्वहरुले जानकारीमा राख्नु होला ।
अबको केही दिनमा हाम्रै नेपाली समुदायका साथीहरूको पहलमा रिपव्लिकनका उम्मेदबारहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना हुंदैछ । मलाई त्यहाँबाट पनि निमन्त्रणा प्राप्त भएको छ, म त्यहाँ पनि उपस्थित हुनेछु त्यो व्यक्तिगत अधिकार पनि हो । कसैलाई यहि विषयलाई लिएर थप प्रचार गर्न मन भए गरे हुन्छ । म एक सामाजिक अभियन्ता भएको नाताले बोलाएको ठाउँमा समयले भ्याएसम्म जाने, कुरा सुन्ने मेरो ईच्छा र त्यो मेरो सामाजिक दायित्य ठान्दछु । मलाई कसले कहाँको फोटो कता कहाँ प्रयोग गर्छ, त्यो आयोजककै तदबिजको कुरा हो । कोही व्यक्तिहरुलाई यो हल्लाले केहि जितेको अनुभव भएको होला तर मलाई यस्ता हल्लाले केहि गर्दैन र मेरो काम कर्तव्य र नेपालीलाई पर्दा कसरी मद्दत गर्नुपर्दछ भन्ने कुरामा पुर्ण जानकार छु ।
अन्त्यमा, म यहि नेपाली समाजमा तपाईहरुकै साथमा छु, सामाजिक काममा सधै लागिरहेकै छु र लागि रहन्छु । कुनै पनि नेपालीलाई परेको आवश्यक सहयोग गर्दै आईरहेको छु र गरिरहने छु । कसैले फरक प्रयोजनको लागि खिचिएको फोटोलाई लिएर भएको हल्लाले मलाई खासै केहि फरक पार्दैन । मेरो सामाजिक अभियान निरन्तर रहि रहन्छ । आगामी दिनमा सामाजिक योगदान गरिरहने प्रतिवद्धता व्यक्त गर्दै नेपाली समुदायबाट अमेरिकी मुलधारको राजनीतिमा सहभागी हुनु भएका मित्रद्धय दिनेश शर्माजी र मोहन ज्ञवाली दुवैलाई बिजयको शुभकामना दिदैं उहाँले चाहेको सहयोग गर्ने बचन पनि दिन चाहान्छु ।
कमल सापकोटा
टेरेल, टेक्सास
अमेरिकामा नेपाली : टेक्सास समाजमा चुनाव हारेको रिस मुलुधारको राजनीतिमा ?