अमेरिकामा ट्याक्स फाइल गर्दा यी कुरा छुटाउनु भयो भने पछि दु:ख पाइन्छ : विजय अधिकारी,सीपीए

Getting your Trinity Audio player ready...
|
अमेरिका । अमेरिकामा आज देखि ट्याक्स फाइल शूरु भएको छ । ट्याक्स फाइल अप्रिल १८ सम्म गर्न पाइन्छ । सन् २०२१ को कमाइको आधारमा थप तिर्नु पर्ने वा पहिला तिरेको ट्याक्स पनि फिर्ता पाउने भन्ने ट्याक्स फाइल गर्दा थाहा हुन्छ ।

ट्याक्स फाइल गर्नु अगाडि आवश्यक कागजपत्र बारेमा राम्रो सँग जनकारी नभएमा पछि थप झण्झट बेहोर्नु पर्ने हुन सक्छ । यस्तै गलत विवरण भरेमा तपाइले पाउनु पर्ने ट्याक्स रिटर्नमा क्षति हुनसक्छ भने पछि अन्य कानुनी झमेलामा पनि पर्न सकिन्छ ।
म यस बर्षको ट्याक्स फाइल गर्दामा हतार नगर्न सुझाव दिन्छु । यस पटकको ट्याक्स फाइल गर्नु अगाडि मुख्य रुपमा चायल्ड केयर, चायल्ड क्रेडिट एड्भान्स, रिबेक्ट क्रेडिट र स्वास्थ बीमाबाट आउने १०९५ ‘ए’ पत्र बारेमा विषेश ध्यान दिन आग्रह गर्दछु ।
चायल्ड केयरमा क्रेडिट कसरी दावी गर्ने
चायल्ड केयर, डिपेन्डेन र अशक्तहरुको हेरचाहको लागि क्रेडिट बढाएइको छ । एक जनाको ८ हजार र दुई जनाको १६ हजार डलर सम्म क्रेडिट दावी गर्न मिल्छ ।
डे केयर र चायल्ड केयरमा राखेको बच्चा १३ बर्ष भन्दा मुनिको हो भने क्रेडिट पाइन्छ । घरमा अशक्त मान्छे छ भने उनीहरुले लाइफ टाइम पाउछन् । घरमा नै मान्छे राखेर बच्चा हेर्न लगाएको छ भने पनि क्रेडिट पाइन्छ । बच्चालाई अन्यत्र खर्च गरेर हेर्न राखेर आफु काममा गएको छ भने पनि क्रेडिट पाइन्छ ।
रजिष्टर गरिएको संस्था होइन र व्यक्तिगत रुपमा बच्चा हेर्न राखिएको हो भने पनि तपाईले ट्याक्स क्रेडिट दावी गर्न सक्नु हुन्छ । तर त्यसका लागि १०९९ जारी गर्नु पर्छ । १०९९ यही जनवरी ३१ सम्म जारी गरि सक्नु पर्ने छ ।
बालबच्चा हेरचाहका लागि ६ सय डलर भन्दा बढी खर्च गरेको हो भने आफैले पनि आइएरएसको साइडमा गएर १०९९ बनाउन सकिन्छ । एकाउन्टेनलाई बनाउन दिन पनि सकिन्छ । १०९९ इसु नगरि मैले पैसा खर्च गरे भन्ने आधार हुदैन । आफ्नो सोसल प्रयोग गरेर १०९९ बनाउन पाइन्छ । दुई कपि बनाएर एउटा बच्चा हेर्नेलाई र अर्को कपि आइएरएसमा पठाउनु पर्छ ।
ट्याक्स फाइल गर्दा चाहिने तीन चिठ्ठि
यस पटकको ट्याक्स फाइलमा नयाँ कुरा भनेको चायल्ड क्रेडिट नै हो । गत बर्ष ६ देखि १७ बर्ष सम्मका बच्चाहरुका लागि तीन हजार र ६ बर्ष भन्दा मुनिका बच्चाहरुका लागि ३६ सय अमेरिकी डलर चायल्ड ट्याक्स क्रेडिट दिइएको छ ।
जुलाई देखि डिसेम्बर सम्म खातामा दुई सय पचास देखि तीन सय डलर सम्म पाउनु भएको थियो । अब बाँकी रहेको रकम ट्याक्स फाइल गर्दा दावी गर्ने हो । यदी तपाईको खातामा त्यो समयमा पैसा आएको थिएन भने पनि अब दावी गर्नु पर्छ ।
१७ बर्ष भन्दा माथिका एडलमा जान्छन । त्यस्तोमा डिपेन्डेनमा पाँच सय डलर मात्र आउछ । सन् २००४ मा जन्मिएकाहरुका लागि फुल चायल्ड ट्याक्स क्रेडिट पाउने यो अन्तिम पटक हो ।
दोस्रो कुरा, स्टिमुलस । रिबेक्ट क्रेडिट (वश्यकका लागि १४ सय डलर र १७ बर्ष मुनीका लागि पाँच सय डलर) बाट आएको रकमबारेको पत्र पनि ट्याक्स फाइल गर्दा आवश्यक पर्दछ । यदी त्यो रकम पहिला तपाईको खातामा आएको छैन भने अहिले दावी गर्ने हो । सन् २०२० मा राष्ट्रपति ट्रम्पको हस्ताक्षर नै भएको पत्र आएको थियो । यस पटक पनि कुनै पत्र आउछ । त्यो चिठ्ठि ट्याक्स फाइल गर्दा चाहिन्छ ।
तेस्रो कुरा स्वास्थ बीमाको हो । मार्केटपेल्स स्वास्थ बीमा खरिद गरिएको हो भने १०९५ ‘ए’ पत्र ट्याक्स फाइल गर्दा अनिवार्य हुन्छ । पूर्ण सरकारी स्वास्थ बीमा (मेडिकिर/मेडिकेड) भएकाहरुका लागि १०९५ ‘बी’ भन्ने पत्र आउछ । त्यो पत्र चै खासै फरक पर्दैन ।
तर जसले पैसा तिरेर ओबामा केयरको बीमा लिएको छ उसले १०९५ ‘ए’ पत्र सहित ट्याक्स फाइल गर्नु पर्छ । त्यो पत्र बीना ट्याक्स फाइल गरेमा रिजेक्ट भएर आउछ । फेरि शुरुबाट प्रक्रिया दोहोर्याउनु पर्छ । मार्केटपेल्सबाट आउने पत्र अनिवार्य हो । बर्षमा एक दुई दिन मात्र मार्केटपेल्सबाट स्वास्थ बीमा किनेर अरु समय सरकारी बीमा लिएको भए पनि पत्र आवश्यक पर्छ । डिसेम्वर ३१ सम्म प्रायस यस्तो पत्र तपाईको ठेगनामा आइपुग्छ ।
तीन चिठ्ठि नआएमा वा छिटो चाहिएमा ?
चायल्ड र रिबेक्ट क्रेडिटका लागि प्राप्त गरेको रकमको बारेमा तपाई एकिन हुनुहुन्छ भने चिठ्ठि पर्खनु पर्दैन । बैक स्टटमेन्ट हेरर पनि आफुले पाएको रकमका बारेमा निश्चित गर्न सकिन्छ । तर पैसा कति आएको हो निश्चित छैन र जोखिम मोल्दिन भन्ने छ भने पत्र चाहिन्छ ।
स्वास्थ बीमाको पत्र आउदै आएन वा छिटो चाहिएमा हेल्थकेयरको वेवसाइडमा (https://www.healthcare.gov/) गएर डाउनलोड गर्न सकिन्छ । स्टेटको साइडमा जाँदा पनि हुन्छ । एकाउन्ट बनाएको छ भने त्यहाँ इन्बक्समा चिठ्ठि आएर बसेको हुन्छ १०९५ ‘ए’ भनेर । पहिला नै एकाउन्ट बनाएको छैन भने अब बनाउदा पनि हुन्छ । त्यो पत्रमा हरेक महिनाको प्रिमियम कति तिरेको र सरकारबाट कति सहयोग पाएको भन्ने हुन्छ ।
ट्याक्स फाइल गर्नु अगाडि एकाउन्टेनलाई भन्नै पर्ने कुरा ।
सबै भन्दा पहिला, तपाईले एकाउन्टेनलाई २०२१ को ट्याक्स कानुनमा के के नयाँ छ ? मेरो बेनिफिट के के छ ? भनेर सोध्नु पर्छ । त्यस पछि क्वालिफाइड लाइफ इभेन्टबारेमा जानकारी दिनु पर्छ । त्यो भनेको घरपरिवारमा संख्या थपघट के भएको छ त्यो जानकारी गराउनु पर्दछ । जस्तै कसैको निधन भएको छ, नयाँ बच्चा जन्मिएका छन् विवाहा भएको छ वा डिभोर्स भएको छ त्यो जानकारी दिनु पर्छ ।
यस्तै घरमा कोही नयाँ मान्छेको ग्रिनकार्ड बनेको हुनसक्छ । डिपेन्डेन थपिएको छ, बाआमा वा नेपालबाट आएका नयाँ जो ट्याक्स तिर्नका लागि योग्य छ तीनका बारेमा पनि एकाउन्टेनलाई जानकारी दिनु पर्छ ।
अघिल्लो बर्षको तुलनामा तलव बढेको वा घटेको छ, नयाँ काम शुरु गरेको, काम छोडेको,घर किने, नयाँ व्यापार शुरु वा थपेको छ भने त्यो पनि जानकारी गराउनु पर्छ ।
बीचमा काम छोडेकाहरुलाई , पहिला बर्षभरी हुने कमाईको आधारमा स्वास्थ बीमा खरिद गरिएको हुन्छ तर तपाईको आम्दानी नै घट्यो भने तपाईले तिरेको पैसा फिर्ता नै आउछ ।
छुटाउनै नहुने कुरा
ट्याक्स फाइल गर्दा तपाईको बारेमा एकाउन्टेनलाई सबै कुरा थाहा हुन्छ भन्ने हुदैन । सबै एकाउन्टेन फियर नै हुन्छ भन्ने पनि हुदैन । अहिले यसै पनि बिजि सिजन छ । सबैले तपाईको एक एक कुरा सोधेर काम गर्न पनि गाह्रो हुन्छ । यो बेला एकाउन्टेन हतारमा हुन्छन् । तपाईले दिएको सूचना र जानकारीकै भरमा चाडै काम सकेर अर्को ग्राहाक लिने भन्ने नै धेरै एकाउन्टेनको ध्यान हुन्छ । त्यसो हुदाँ आफ्नो डकुमेन्ट आफैले तयार गर्नु राम्रो हुन्छ ।
गुगलमा गएर ट्याक्स प्रिपिरेशन चेक लिष्ट भन्ने पाइन्छ (त्यसका लागि यहाँ क्लिक गर्नु होस) । त्यहाँ सबै कुरा लेखिदिएको हुन्छ । त्यहाँ एउटा स्टाण्डर फरम्याट नै हुन्छ ट्याक्स फाइल गर्दा के के चाहिन्छ के के गर्ने भन्ने । त्यसै अनुसार आफु तयारी भएर गए पछि एउटा पनि कागजजात नछुटाए पछि एउकाउन्टेनले कुनै कुरा छुटाएर भोलि तपाइले कम ट्याक्स रिटन पाउनु भयो वा अरु केही समस्या आयो भने त्यो तपाइको गल्ति हुदैन । व्यावसायीक एकाउन्टेनको गल्ति हुन्छ ।
त्यसो त तपाई आफैले पनि ट्याक्स फाइल गर्न सक्नु हुन्छ । कतिपय अवस्थामा निशुल्क ट्याक्स फाइलको सुविधा पनि लिन सक्नु हुन्छ ।
डकुमेन्ट नमिल्दा के हुन्छ ।
आइआरएस सँग कतिपय काजगपत्र मिलेन भने तपाईले चाडै ट्याक्स फाइल गरे पनि कम्प्युटर सिस्टममा म्याच भएन र म्यानुअल अडिटमा राखिदियो भने अर्को पाँच छ महिना लम्बिन सक्छ । त्यस कारण साह्रै हतार पनि नगर्नु राम्रो हो ।
प्राप्त रकमको नम्वर मिलेन भने ट्याक्स रिटन डिलो हुन्छ । अनि धेरैलाई लाग्छ मैले पहिला नै ट्याक्स फाइल गरेको अहिले सम्म किन आएन भन्ने पर्छ । २०२० मा २६ मिलियनले अझै ट्याक्स रिटन पाएका छैनन । अझै पेन्डिङ छ, रिभियुमा राखिएको छ ।
कस कसले ट्याक्स फाइल गर्न पर्दैन
जसको आम्दानी छैन । आइएरएसको सिलिङ्ग भन्दा कम हुनेले ट्याक्स फाइल गर्न पर्दैन । एकल हो भने १२ हजार पाँच सय पचास डलरको सिलिङ्ग छ । बिवाहित हो र संयुक्त ट्याक्स फाइल हो भने २५ हजार एक सय सम्म ट्याक्स लाग्दैन । उनीहरुले ट्याक्स फाइल गर्नु पर्दैन । तर ट्याक्स फाइल गर्दा राम्रो के हुन्छ भने उनीहरुले तिरेको रकम फिर्ता आउछ ।
अर्को तर्फ सोसल सेक्युरेटी बेनिफिट अंक सुधारमा पनि सहयोग गर्छ । पूर्ण सोसल सेक्युरेटी बेनिफिटका लागि ४० अंक चाहिन्छ । दश बर्ष काम गरेको हुनु पर्छ। हरेक बर्ष ट्याक्स फाइल गर्दा न्युनतम चार अंक थपिदै जान्छ । २०२१ मा चार अंक पाउनका लागि कम्तिमा ६ हजार चालिस डलरको ट्याक्स फाइल गर्नु पर्छ ।
रिटायरले सोसियल एड्मिस्टेशनले गरेको स्टाण्डर भन्दा कम आएको भए ट्याक्स तिर्नु पर्दैन । सिङ्गल २४ हजार र विवाहितले संयुक्त्त ट्याक्स फाइल गर्ने भएमा ३२ हजार सम्म बार्षिक आम्दानी हुदाँ ट्याक्स फाइल गर्नु पर्दैन ।
भाडामा बस्ने र आफ्नै घरमा बस्नेका लागि के फरक छ ट्याक्स फाइल गर्दा ?
खासै धैरै त फरक पर्दैन । तर घर हुनेलाई एउटा फाइदा चै के हो भने यदि आइटमाइज गर्ने हो भने घरको ट्याक्स, बैक ब्याज सबै घटाउन पाइन्छ । तर त्यो अलि बढी मुल्यका घर किन्नेहरुका लागि हो ।
(अधिकारी सीपीए पीएल एलसी टेक्सासका विजय अधिकारी सँगको कुराकानीका आधारित)