पाेखरामा जारी आहा रारा गाेल्डकप : संकटाको संकट पन्छाउदै मच्छिन्द्र सेमिफाइनलमा

पोखरा । मछिन्द्र क्लव पाेखरामा जारी आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।
मछिन्द्रकाे जितमा मेसुके ओलामाेउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गाेलकाे याेगदान दिए ।
संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवकाे गाेलबाट अघि बढेकाे मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दाेश्राे गाेल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चाैंथाे गाेल हिर्काए ।
मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।