एमसीसीमा छलफल गर्न खनालको नेतृत्वमा कार्यदल

काठमाडौँ / सत्तारुढ गठबन्धनले अमेरिकन सहयोग सम्बन्धी प्रस्ताव मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा छलफल गर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी सङ्घीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबिच मतभेद देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले एमसीसी सम्झौता गरेको भए पनि सदनबाट अनुमोदन गराउने बताएसँगै लागु भएको छैन ।अमेरिकाले एमसीसी सदनबाट अनुमोदन गराउन दबाब दिँदै आएको छ । तर, सत्तारुढ दलभित्र एमसीसीबारे फरक फरक विचार आइरहेकाले सङ्घीय संसदमा दर्ता भए पनि टेबुल हुन सकेको छैन ।
सरकार नेतृत्वकर्ता दल काँग्रेस र जनता समाजवादी पार्टी नेपाल एमसीसी सदनबाट अनुमोदन गराउन तयार छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन पश्चात् एमसीसी पारित गर्नुपर्ने पक्षमा रहँदा अर्को सत्तारुढ दल राष्ट्रिय जनमोर्चा एमसीसी पारित गर्न नहुने अडानमा छ । एमसीसीबारे मतभेद देखिएपछि गठबन्धनले कार्यदल गठन गरेको हो । खनाल नेतृत्वको कार्यदलमा नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । कार्की एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री हुन् । प्रमुख प्रतिपक्षी दल एमाले एमसीसी पारित गराउनुपर्ने पक्षमा देखिँदा सत्तारुढ दलमा भने मतभेद देखिएको हो ।