हिमानी ट्रष्ट अमेरिका स्थापना

Getting your Trinity Audio player ready...
|
अमेरिका । हिमानी ट्रष्ट अमेरिका स्थापना भएको छ । पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा बुधवार भर्जिनियामा आयोजित कार्यक्रममा ट्रष्ट घोषणा गरिएको हो ।
हिमानी शाहको अध्यक्षतामा हिमानी ट्रष्ट नेपालमा सक्रिय छ । हिमानीले पछिल्लो दशक ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् ।
हिमानी ट्रष्ट अमेरिकाको अध्यक्षमा सीपीए हरि शर्मा रहेका छन् । महासचिव आनन्दु लामा छन् । बोर्डका अन्य सदस्यको नाम कार्यक्रममा सार्बजनीक गरिएन ।
नेपालमा गरिवी निवारण, शिक्षामा सबैको पहुँच, आपतकालिन राहत कोष र महिला अधिकारका लागि ट्रष्टले काम गर्ने बताइएको छ ।

