अमेरिकामा भट्ट लले जितायो १२ करोड क्षतिपूर्ति सहित नेपालीको दुर्घटना मुद्दा

Getting your Trinity Audio player ready...
|
अमेरिका । दाङका बुढा थरका एक नेपालीले (सुरक्षाका लागि नाम गोप्प राखिएको) अमेरिकामा एक मिलियन अमेरिकी डलर (झण्डै १२ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति सहित सडक दुर्घटना सम्वन्धी मुद्दा जितेका छन् ।
अमेरिकामा बैधानिक बसोवासका लागि आवेदन दिएका बुढा त्यसको नतिजाको पर्खाइमा दिए । तर सन् २०१८ मा बुढा न्यूयोर्कमा सडक दुर्घटनामा परे । अप्रिल १३ २०१८ को साँझ कामबाट घर फर्कने क्रममा न्यूयोर्कको म्यानह्याटनमा जेब्राक्रसबाट सडक पार गर्न लाग्दा उनलाई फोहोर मैला संकलन गर्ने गाडीले ठक्कर दियो ।
त्यस पछि उनलाई अस्पताल पुर्याइयो । नेपालमा बुबा आमा. श्रीमती र तीन छोराछोरीलाई छोडेर अमेरिका आएका बुढाको शरिरमा चोट लागेको रिपोर्ट अस्पतालले दियो ।
उसै बीच उनी भट्ट ल एण्ड एशोसिएट पुगे । भट्ट ल बाट नै बुढाले अन्य कानुनी सेवा लिदै आएका थिए । बरिष्ठ अधिवक्ता डिल्लि भट्ट सँग परामर्श गरे । घटना विवरण सुनाए । पुलिस रिपोर्ट सँगै थियो । त्यस पछि निर्णय भयो क्षतिपूर्ति दावी सहित मुद्दा लड्ने ।
अन्तत झण्डै साढे तीन बर्ष पछि विपक्षीले एक मिलिलयन अमेरिकी डलर क्षतिपूर्ति दिने र मुद्दा टुङ्गाउने प्रस्ताव गर्यो । बुढाले प्रस्ताव स्वीकार गरे । जस अनुसार बुढाले बुधवार रकम बुझेका छन् । भट्ट ल एशोशिएशनका एटोनी डिल्ली भट्ट, एलिया र सुविनको टिमले मुद्दा लडेका थिए ।
मुद्दाबाट प्राप्तक्षतिपूर्ति रकमको ३३ प्रतिशत वकिलले खर्च वापत लिने सहमति भएको थियो । त्यही क्षतिपूर्तिबाट आएको रकमबाट अस्पतालमा उपचारका लागि लागेको खर्च कटाएर अब बाँकी रकम बुढाले पाउने छन् ।
तर मुद्दा हारेको भए पनि बुढाले वकिललाई कुनै खर्च तिर्न नपर्ने रहेछ । बुढा भन्छन, ‘मुद्दा हार्दा पनि पिडितले वकिललाई कुनै रकम तिर्नु नपर्ने रहेछ, डिल्ल भट्ट सर र उहाँको टिमले मलाई ठूलो सहयोग गर्नु भयो, म पिडितलाई न्याय र क्षतिपूर्ति दिलाइदिनु भयो ।’
अमेरिकामा विभिन्न घटनाका पिडितहरु सकभर कानुनी उपचारमा जान रुचाउदैनन् । कतिपयले आफ्नो स्टाटसमा असर पार्ने डरले पनि घटना आफैमा लुखाएर राख्ने गर्दछन । अमेरिकाको होमल्याण्ड तथा सेक्युरेटीले पनि सो तथ्यलाई स्वीकार गरेको छ ।
स्टाटस विग्रने, आर्थिक पक्ष र भाषाका कारण पनि पिडित कानुनी उपाचार सम्म जान नसक्ने गरेको तथ्याङ्क होमल्याण्ड सेक्युरेटीले जनवरी ११ तारिकलाई ब्लु दिवस मनाउन चलाएको अभियानमा बताएको थियो ।
बुढाले आफुलाई भट्ट लका डिल्लि भट्टले भरोसा दिलाएको बताउछन् । कुनै दुर्घटना भयो, वा कुनै रुपमा पिडित भयो भने अमेरिकामा निर्धक्क कानुनी उपचारमा जान बुढा अन्यलाई सुझाव दिन्छन ।
‘मेरो कागज बनेको छैन, पैसा छैन भनेर अमेरिकामा कानुनी उपचार पाइदैन भन्ने रहेनछ म अरु साथिहरु पनि कुनै त्यस्ता घटनाका पिडित हुनुहुन्छ भने वकिल सँग सम्पर्क गर्न आग्रह गर्दछु ।’ समाज टाइम्स सँगको कुराकानीमा बुढाले भने । बुढाका अनुसार क्षतिपूर्तिबाट पाएको रकम ट्याक्स फ्रि हो ।