डेलिगेट डा. ह्यारी भण्डारीलाई चुनावका लागि सहयोग गर्ने आज अन्तिम दिन, यस कारण महत्वपूर्ण छ नेपाली समुदायको सहयोग

अमेरिका । अमेरिकी मुलधारको राजनीतिमा नेपालीमुलका पहिलो सांसद (डेलिगेट) डा.ह्यारी भण्डारीले आसन्न निर्वाचनका लागि सहयोग गर्न मंगलवार पुन अपिल गरेका छन् ।
मेरिल्याण्ड विधानसभाका लागि डिस्ट्रीक ८ बाट निर्वाचित भण्डारी पुन कार्यकाल दोहोर्याउन चाहान्छन् । उनी अहिले चुनावी अभियानकै महत्वपूर्ण समय आर्थिक सहयोग संकलनमा छन् ।
डेलिगेट भण्डारीले मंगलवार विहानै उनको आर्थिक अभियानमा सहभागि हुन अमेरिकामा रहेका नेपालीभाषी समक्ष पुन अपिल गरेका छन् ।
‘भोलि जनवरी १२ को मध्यान्ह १२ बजे (पूर्वी समय) मेरिल्याण्ड हाउस सुरू हुन्छ । बर्तमान हाउस अफ रिप्रेजेन्टेटिभ्स भएकाले हाउस चलेको तीन महिना सहयोग उठाउन पाइदैन ।’ उनले अपिलमा भनेका छन् ।
‘मेरो उम्मेद्वारीलाई प्रतिस्पर्धी बनाएर नेपाली समुदायलाई प्रतिनिधिमुलक र सम्मानित बनाउन चाहनु हुन्छ भने यो लिंकमा क्लिक गरी जति सकिन्छ, सहयोग गर्न सक्नुहुनेछ । साथै आफन्त, साथी-संगी, इष्टमित्रलाई लिंक सेयर गरेर सहयोगका लागि अनुरोध गर्न सकिन्छ ।’
भण्डारीले अगाडि भनेका छन्. ‘तपाईंको सहयोगले मेरो जीत सुनिश्चित गर्ने छ र त्यसबाट अन्तत: नेपाली समुदाय सम्मानित र प्रतिष्ठित हुनेछ ।’
‘जनवरी ५ मा आयोजित भर्चुअल फण्ड राइजिङ इभेन्टका लागि पठाइएको लिंकमा क्लिक गरेर सहयोग गर्नुहुने सबै मनकारी महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछु । उक्त समयमा विभिन्न कारणले छुट्नुभएका तर यो अभियानलाई आफ्नै अभियान ठानेर सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि अझै पनि हामीसँग केही समय बाँकि छ ।’ भण्डारीले अपिलमा भनेका छन् ।
आखिर भण्डारी किन चान्छन नेपाली समुदाय सँग सहयोग उनकै भनाइ
आर्थिक सहयोगका लागि आज अन्तिम दिन हो । भोली त साइड नै बन्द गरिदिनु पर्छ । यो चन्दा अभियानले म कुन पोजिशनमा छु भन्ने देखाउछ । मेरो विरुद्दमा लड्न खोजेकाहरुका लागि राजनैतिक रुपमा म कहाँ छु भन्ने पनि देखाउछन । त्यस कारण यो ठूलो डेट लाइन हो ।
डोनेशन त हाउस नभएको बेला जहिले पनि गर्न मिल्छ । अस्ति बुधवार भर्चुअल फण्डरेज भएको थियो । मेरिल्याण्डको सभामुख नै आउनु भएको थियो ।
अरु समुदायबाट पनि फण्डरेज भइरहेको छ । राम्रै भएको छ । संस्थागत सहयोग पनि आएको छ । मलाई स्वास्थ क्षेत्र, अग्नि नियन्त्रणमा कार्यरतहरु तथा अन्य विभिन्न संस्थाहरुले पनि सहयोग गरेका छन् । अमेरिकामा रहेका ग्रिनकार्ड र सिटिजनसिप हुनेले मात्र सहयोग गर्न पाउछन् । बाल्टिमोरमा रहेकाले मात्र सहयोग गर्ने भन्ने हुदैन ।
मैले हरेक सहयोग राज्यलाई देखाउन पर्छ । मलाई पाँच सय डलर भन्दा बढी सहयोग गर्ने दाताले के काम गर्छन र कसरी सहयोग गरिरहेका छन् भन्ने मलाई जानकारी हुनु पर्छ । एक जनाले एक पटकमा ६ हजार अमेरिकी डलर भन्दा बढी सहयोग गर्न मिल्दैन ।
संघीय सरकारी जागिर खानेहरुले सहयोग गर्न मिल्दैन । मेरो क्षेत्रमा निर्वाचन जित्न निकै प्रतिस्पर्धात्मक ठाँउ हो । युनियनहरुले पनि सहयोग गर्छन । उनीहरुले कति सहयोग गर्छन मलाई थाहा हुदैन । ककसहरुले पनि सहयोग गर्छन । उनीहरुले पोलिङ्ग गर्छन । पोलिङ्ग गर्दा पनि महङ्गो नै हुन्छ । पोलिङ्गले पनि एउटा रणनीति बनाउन सहयोग गर्छ । चुनाव जित्दा त दशौ लाख खर्च भइसकेको हुन्छ ।
नेपाली समुदायले दिने भनेको सिडमनी हो । नेपाली समुहदाय सँग मेरो अपेक्षा भनेको नेपाली समुदायले गरेको सहयोगको आधारमा मेरो स्टाटस कति मजबुद छ भन्ने देखाउछ ।
२० डलर देखि पाँच हजार डलर सम्म सहयोग गरेका छन् । मेरो यो क्याम्पियनमा मलाई सबै भन्दा धेरै सहयोग गर्ने चै भारतीयमुलका छन् । उनीहरु धेरैले पाँच हजारको हाराहारीमा सहयोग गरेका छन् । उनीहरुलाई थाहा छ हाम्रो कुरा माथि पुराउन एशियन नै चाहिन्छ भन्ने उनीहरुले बुझेका छन् ।
एक सय डलर सम्म नगद लिन मिल्छ तर त्यो पारदर्शि हुदैन त्यस कारण मैले लिने गरेको छैन । अर्को रोचक पाटो के छ भने कथमकदाचि उमेदवारलाई केही भयो भने त्यो फण्ड अर्को उमेदवारलाई वा च्यारेटीमा जान्छ ।
मुख्य सन्देश के भने मैले संसदमा दशै बील लैजादै छु । अहिले मैले पाएको सहयोगको आधारमा म कति बलियो छु भन्ने देखाउछ । नेपाली समुदायको माग किन जायज छ भनेर पनि देखाउन मिल्छ । मैले आफ्नो योजनाका बारेमा कुरा गर्दै गर्दा, समुदायको बारेमा कुरा गर्दै गर्दा यो अभियानले हौसला दिन्छ । सबै भन्दा ठूलो कुरा नैतिक समर्थन दिन्छ । हो यसको समुदायको पनि अमेरिकामा राम्रै उपस्थिति छ भनेर देखाउछ ।
डाक्टर ह्यारी भण्डारीलाई सहयोग गर्न यो लिङ्कमा क्लिक गर्नु होला ।