फोनिज प्रदेश १ को महाधिवेशन मन्त्री आङबोले उद्घाटन गर्ने
तेह्रथुम/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ । यही मंगलबार र बुधबार मोरङ पथरीमा र हुन गइरहेको महाधिवेशन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले उद्घाटन गर्ने छन् ।
‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन सम्पन्न हुन गइरहेको महासचिव विदुर खवासले जानकारी दिए ।
महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने आयोजकले जनाएको छ ।














