कलेजले थप रकम लिन खोजे पछि विद्यार्थीहरू आन्दोलनमा
विराटनगर/ नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दिएको दबाबविरुद्ध विराटनगरमा विभिन्न विद्यार्थी सङ्गठनसहित कलेजका विद्यार्थीले फेरि आन्दोलन गरेका छन् ।
कलेजले मनोमानी ढङ्गबाट असुल्दै आएको शुल्क फिर्ता हुनुपर्ने माग राख्दै सो कलेजमा अध्ययनरत विद्यार्थीका साथै विभिन्न विद्यार्थी सङ्गठनले शुक्रवार आन्दोलन गरेका हुन्।विद्यार्थीको आन्दोलनका कारण केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।यस अघि विभिन्न चरणका आन्दोलनका बाबजुद व्यवस्थापन पक्षले बे वास्ता गरेको आरोप विद्यार्थीहरूको छ ।
राजनीतिक दल र सरकारको संरक्षणमा कलेज सञ्चालक सुनिल शर्माले विद्यार्थीको माग सम्बोधन गर्ने मनसाय नराखेकाले समेत विद्यार्थी बताउँछन् । १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ ।यस पटक नोबलमा सय जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन् ।











