एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

अमेरिका । विवादको दलदलमा एक पछि अर्को गर्दै फस्दै गएको गैरआवासीय नेपाली संघ (एनआरएनएं) अन्तर्राष्ट्रीय समन्वय समिति (आइसीसी) ले अर्को साता केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आइसीसीका सचिव गौरी जोशिका अनुसार बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि बैठक बोलाइएको छ ।’मैले पनि भर्खर मात्र खवर पाए,निर्वाचनका विषयलाई लिएर बैठक बोलाइएको हो ।’ समाज टाइम्स सँग जोशिले भने । बैठक भर्चुअल हुने छ ।
बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ ।
महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन् । तै पनि सहमति हुन सकेको छैन ।