एनआरएनए अमेरिकाद्वारा विभिन्न कमिटी गठन, पन्तले पाए वान एनसीसी वान च्यारिटीको जिम्मेवारी

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय समिति (एनसीसी) अमेरिकाले विभिन्न विभाग र टास्कफोर्स गठन गरेको छ ।
महासचिव अन्जन कुमार चौलागाईले बुधवार विज्ञप्ति जारि गर्दै एनआरएन अमेरिकाको विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्स गठन गरिएको जनाएका छन् ।
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तको संयोजकत्वमा ‘वान एनसीसी वान च्यारिटि’ कमिटी गठन गरिएको छ । सो कमिटीमा उप संयोजक र सदस्य खाली राखिएको छ ।
महाचिव चौलागाइका अनुसार समितिलाई पूर्णता दिने जिम्मा संयोजक पन्तलाई नै दिइएको छ ।
उपाध्यक्ष गोपेन्द्र भट्टराईको संयोजकत्वमा फाउन्डेसन कमिटी गठन गरिएको छ । सो कमिटीको सह संयोजकमा मुकेश झा रहेका छन् । यस्तै युवा विभागमा संदेश उप्रेती संयोजक नियुक्त भएका छन् ।
एनआरएनए अमेरिकाद्वारा गठित कमिटी र विभागहरु
वान एनसीसी वान च्यारिटि कमिटी
संयोजक: कृष्ण जीवी पन्त
एनआरएनए फाउन्डेसन कमिटी
संयोजक: गोपेन्द्र राज भट्टराई
सह संयोजक: मुकेश झा
सदस्य : लक्ष्मण दरलामी
सदस्य: सन्तोष काजी थापा
सदस्य: रिता देवी प्रधान
युवा विभाग
संयोजक: संदेश उप्रेती
सह संयोजक: कृदिस उप्रेती
सह संयोजक: आभा घिमिरे
इनभाइरोमेन्ट कमिटी
संयोजक: विष्णु रेग्मी
सह संयोजक: साम्बा प्रसाद लामिछाने
सेक्रेटरियट कमिटी
सदस्य: अग्नि चौलागाई
आइटी कमिटी
सदस्य: विश्वास लम्साल
हेल्प डेस्क कमिटी
संयोजक: राज ढुङ्गाना
सह: संयोजक कुमार जङ्ग कार्की
ब्लड डोनेसन कमिटी
संयोजक विश्व राज बास्तोला
नेपाली प्रोडक्ट प्रमोसन कमिटी
संयोजक: दुर्गेश जङ्ग कार्की
विज्ञान तथा प्रविधि विभाग
संयोजक: डा.माधब पाण्डे
सह-संयोजक: डा.बेनी. बि. डाङ्गी
सह-संयोजक: डा. आमोद कोइराला
सह-संयोजक: डा. संजय श्रेष्ठ
सदस्य:श्याम अधिकारी
सदस्य: डा. राजेन्द्र दाहाल
सदस्य: डा. लेखनाथ अधिकारी
सदस्य: डा. मानस्वी संगौला
सदस्य: रोजी कर्ना
सदस्य: डा.कृपा श्रेष्ठ
सदस्य: डा.ईशान गुरुङ
सदस्य: विपना थपलिया
स्वास्थ्य विभाग
संयोजक: डा.प्रकाश श्रेष्ठ
विद्यार्थी विभाग
संयोजक: मिलन जङ्ग कटवाल
उप संयोजक: प्रबिन खड्का
उप संयोजक: सुमना दवाडी