चीनको युझाउमा पूर्ण लकडाउन

चीनको युझान शहरलाई पनि स्थानीय प्रशाशदले पूर्ण लकडाउन गरेको छ । कोभिड संक्रमण देखिन थाले पछि लकडाउन गरिएको हो ।
दश लाख भन्दा बढी जन संख्या भएको युझाउमा यातायात र खाध्यन्न स्टोरहरु बन्न गरिएको छ । पछिल्लो समय चीनमा लकडाउन बेहोर्नु परेको युझाउ दोस्रो शहर हो ।
यस अगाडि सियान शहरमा पनि पूर्ण लकडाउन गरिएको छ । जहाँ १३ मिलियन भन्दा बढी मानिश २३ दिन देखि घर भित्र सिमित भएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
चीनीयाँ नयाँ वर्ष र बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक अघि प्रशाशनले कडा कदम चालेको जनाएको छ । विश्व खेलकुद शूरु हुन अझै एक महिना बाँकी छ ।
बेइजिङबाट करिब सात सय किलोमिटर (४३४ माइल) दक्षिण-पश्चिममा युझाउ शहर रहेको छ । अधिकारीहरूले सबैभन्दा छोटो समयमै महामारीलाई रोक्नु नागरिक र सरकारी कर्मचारी दुवैका लागि उच्च प्राथमिकताको राजनीतिक कार्य हो भनेका छन् ।