नेपाली कामदारलाई फ्रान्स पठाउने तयारी

Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ फ्रान्सले स्वास्थ्य, पर्यटन र सुरक्षा गार्डमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली श्रमिक फ्रान्स लाने प्रस्ताव गरेका हुन् ।
नेपालबाट जाने कामदारलाई फ्रान्सेली नागरिकसरह सुविधा दिइने राजदूत बुर्बाओले बताएको श्रम मन्त्रालयले जनाएको छ । फ्रान्सले नेपालबाट भाषा तथा व्यावसायिक तालिम लिएका दक्ष कामदार लिन खोजेको छ । फ्रान्स रोजगारीमा जाने दक्ष कामदारको मासिक तलब २ लाखभन्दा बढी हुने श्रम मन्त्रालयले जनाएको छ ।
वार्षिक ३ हजारसम्म कामदार फ्रान्स पठाउन सकिने श्रम मन्त्रालयका अनुमान छ । युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरू रोजगारीका जाने गरेका छन् । फ्रान्समा २ हजारभन्दा बढी नेपाली रोजगारीका कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ ।