भारतमा कोरोना विरुद्धको एन्टी भाइरललाई आपत्कालीन अनुमति

नयाँ दिल्ली/ कोरोना भाइरस विरुद्धको एन्टी भाइरल औषधी मोल्नुपिराभिरले भारतमा आपत्कालीन अनुमति पाएको छ । पाँच दिनको कोर्सको यो औषधीका लागि १ हजार ३ सय ९९ भारतीय रुपैयाँ कायम गरिएको छ । कोरोना महामारीको मालमा प्रयोगमा आएका मध्य यो सबैभन्दा सस्तो एन्टी भाइरल औषधी हो ।
भारतमा हेटेरो, सन फर्मा,नाट्को र डा रेडी लगायत कम्पनी मर्क र यसका साझेदार कम्पनीले बनाएको मुखबाट सेवन गर्ने एन्टी भाइरलको निर्माणमा लागी परेका छन् ।
भारतमा कोरोनाको सङ्क्रमण बढी रहेको समयमा यो एन्टी भाइरल औषधी गेम चेन्जर बन्न सक्ने अनुमान गरिएको छ ।