झुक्याएर भेट्न आएका एनआरएनए अध्यक्ष पन्तलाई परराष्ट्र मन्त्रीले झाँको झारे

Getting your Trinity Audio player ready...
|
काठमडौं । अरुले नै मिलाएको समयमा भेटन आएका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तलाई परराष्ट्र मन्त्री नारायण खड्काले झाँको झारेर पठाएको रहश्य खुलेको छ ।
परराष्ट्र मन्त्री सचिवालयका एक सदस्यका अनुसार गत शुक्रवार नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ्गले मन्त्री सँग भेटघाटका लागि समय मागेका थिए । तर भेट्न आउने समयमा एनआरएनएका अध्यक्ष कुमार पन्त र महासिचव हेमराज शर्मालाई पनि सँगै देखि पछि मन्त्रीले आश्चर्य प्रकट गरेका थिए ।
मन्त्रीले ‘जनसम्पर्क समितिलाई दिएको समयमा एनआरएनए कसरी ?’ भनेर प्रश्न गरे पछि सबै जना मुखामुख गरेका थिए ।
सचिवालय सदस्यका अनुसार त्यस पछि मन्त्री खड्काले,’सरकारको मातहतमा रहेको संस्थाले सरकारलाई नै मुद्दा हाल्ने अनि अहिले के भन्न आउनु भयो ?’ भन्दै प्रश्न गरेका थिए ।
त्यस पछि रातोपिरो भएका एनआरएनए अध्यक्ष पन्तले परराष्ट्रको निर्देशन विरुद्द मुद्दा दायर गर्न जानु आफ्नो बाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
मन्त्री खड्का त्यतिमा रोकिएनन् । उनले ‘सरकार सँग सुविधा लिने, वदमासी गर्ने अनि सरकारकै विरुद्द मुद्दा हाल्ने ?’ भन्दै झाँको झारेका थिए ।
अध्यक्ष पन्तले हजुर हजुर भनेर कुरा शुरु गर्न खोज्दै गर्दा मन्त्री खड्काले उनलाई रोक्दै ‘यो हजुर हजुर मलाई नलगाउनु सबैलाई मिलाएर चुनाव गराउनुहोस’ भनेका थिए ।
मन्त्री खड्काले विवाद समाधान नगरि चुनाव गराए त्यसलाई मान्यता नदिने भनेका थिए । ‘सबैलाई राखेर छलफल गरेर मिलाएर जानु भयो भने म पनि सहयोग नै गर्छु । म चुनाव विरोधि होइन नत्र अहिलेको अवस्थामा हुने चुनावलाई सरकारले मान्यता दिदैन, परराष्ट्रको निर्देशनलाई सम्बोधन गर्नु ।’
त्यस पछि सबै जना फोटो खिचेर फर्किएका थिए । तर बाहिर आएपछि कुमार पन्तले आफु निकट मार्फत मन्त्रीले चुनाव गराउन निर्देशन दिएको भन्ने समाचार प्रचारमा ल्याएका थिए ।
प्रतिनिधि सम्वन्धी विवादका कारण अत अक्टुवरमा हुनु पर्ने एनआरएनएको निर्वाचन अहिले सम्म हुन सकेको छैन । तोकिएको समयमा निर्वाचन गराउन नसके पछि परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई चुनाव गराउन जिम्मा दिएको थियो ।
परराष्ट्रले मुख्यतय विद्यार्थीलाई पनि सदस्य बनाएको, प्रतिनिधि छनौट एक तर्फि भएको बारेमा चासो राख्दै आएको छ ।
परराष्ट्रको निर्देशन विरुद्द पन्त अदालत गएका थिए । पाटन उच्च अदालतले परराष्ट्रको सो निर्देशनलाई उल्टाइदिएको छ । त्यस पछि पनि पन्तको टोलीले चुनाव गराउन सकेको छैन ।