अमेरिकामा गायक राजेशपायल राई माथि कुटपिटमा संलग्न र आयोजक दुबैले माफि मागे

Getting your Trinity Audio player ready...
|
अमेरिका । गायक राजेशपायल राई माथि कुटपिट प्रकरणमा संलग्न व्यक्ति पासाङ्ग दावा दोर्जे र कार्यक्रम आयोजक दुबैले आइतवार सार्वजनिक रुपमा माफि मागेका छन् ।
नयाँ बर्षको उपलक्षमा शनिवार राति न्यूयोर्कको ज्याक्शनहाइटमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईलाई दोर्जेले स्टेजमै पुगेर पछाडिबाट अंगालो मार्दै न्याँकेका थिए । घटनाको चौतर्फी आलोचना भएको थियो । तर आयोजक बुद्द ट्याक्सले घटना सामान्य भएको र कुरा मिलिसकेको दावी गर्दै आएको थियो ।

गायक राईको आधिकारिक फेसबुक पेजमा आइतवार दिउँसो अपलोड भिडियोमा आरोपित दोर्जे हतास देखिएका छन् । उनले आफू गायक राईको समर्थक भएको र स्टेजमा उनलाई अंगालो मार्दै उचाल्न खोजेको तर नशाको शूरमा उत्तेजित हुँदा गल्ती गरेको स्वीकार गरेका छन् ।
‘म उहाँको बेष्ट फ्रेण्ड भएकोले स्टेजमा गएर उचालेको थिए त्यो भिडियो धेरै नै भाइरल भएछ, न्यूइयरको दिन अलि लागेको पनि थियो, मैले गर्दा उहाँलाई डिस्टर्ब भएछ म राजेश सर सँग माफि माग्छु ।’ सार्वजनिक भिडियोमा दोर्जेले भनेका छन् ।
यस्तै गायक राईले पनि आफुले दोर्जेलाई माथि दिएको र अब उनलाई गालि नगर्न आफ्ना समर्थक सँग आग्रह गरेका छन् ।
‘मानिस हो मानिसबाटै गल्ति हुन्छ । गल्ति स्विकार्नु पनि महानता हो । र उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना । अब ऊप्रान्त उहालाई गाली गलोज नगर्न आग्रह गर्दछु ।’ गायक राईले भनेका छन् ।
यस्तै बुद्द ट्याक्सका तर्फबाट पशुपति श्रेष्ठले आयोजकले यस्ता घटना दोहोरिन नदिने प्रतिवद्दता जनाएका छन् । ‘ राजेश जीको सुरक्षा व्यवस्था हुदाँहुदै पनि यस्तो घटना भएकोमा हामी मुर्छित छौं, लज्जित छौं, हामी आयोजक टिम उहाँ प्रति क्षमा माग्दछौं ।’
तस्वीर : शान्तिराज राईको फेसबुकबाट
यो पनि हेर्नु होस
अमेरिकामा गायक राजेशपायल राई माथि भएको कुटपिटको चौतर्फी भत्सना