फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित

काठमाडौं/ सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लब न्युरोड टिम (एनआरटी) सँग ३-२ अन्तरले पराजित हुँदा आफ्नो खराब प्रदर्शनलाई निरन्तर दिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौं चरणको दोस्रो खेलमा एनआरटीको जितमा मेसुके ओलोमोउले दुई तथा स्टेफिन बिनोङले एक गोल गरेपछि एन आर टिले दोस्रो जित निकाल्यो । फ्रेन्ड्सका जामोल फ्रांकोइस र नाथनियल गार्सियाले समान एक गोल गरे ।
पाँचौं मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नवीन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए ।
२०औं मिनेटमा मेसुके ओलोमोउले नवीनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।
खेलको ८१ मिनेटमा सकल रेग्मीको पासमा जामोउल फ्रान्कोइनले हेड गोल गर्दै अग्रता २-१ मा झारे ।
खेलको इन्जुरी समयमा मेसुकेले दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुले मिलाएको पासलाई मेसुकेले पेनाल्टी एरियाबाट सहज गोल गर्दै ३-१ को स्थिति ल्याए ।
इन्जुरी समयमा फ्रेन्ड्सले गोल फर्काए पनि बराबरको लागि पर्याप्त रहेन । खेलमा दुवै टोलीले केही अवसर बनाए ।
२५औं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कँदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।
खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिए पनि सो गोल फ्रेन्डसलाई खेलमा फर्काउन पर्याप्त भएन ।
यसअघि ४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।
एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३–३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौं स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।
लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा जावलाखेल यूथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल यूथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र ब्रीगेड ब्वाइज भिड्नेछन् ।