हिम पहिरोमा पुरिएर एक बेपत्ता
म्याग्दी / म्याग्दीमा हिम पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् भने बाटो नभेटेर ३ जना अलपत्र परेका छन् ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिम पहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका हुन् ।
गुर्जाको सुकेलोट्नेमा बाक्लो हिमपातका कारण हिम पहिरो गएर भेडी गोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् ।
यसै गरी, जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका छन् ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल फोन सेवा पनि अवरुद्ध छ ।














