समुहगत छलफल नसकिएका कारण माओवादीको महाधिवेशन दुई दिन लम्बियो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) को जारी महाधिवेशन निर्धारित समय भन्दा दुई दिन बढी लम्बिने भएको छ । समूहगत छलफलका सुझाव बाँकी नै रहेको र नेतृत्व चयन पनि गर्नु पर्ने हुनाले दुई दिन समय थप गरिन लागिएको हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशन लम्बिने बताएका हुन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेको २५ मध्ये बुधवार सम्म मात्र ११ समूहले सुझाव पेस गरेका छन् । बाँकी १४ समूहको सुझाव बिहिवार प्रस्तुत गरिने जनाइएको छ । त्यस पछि समुह गत छलफलमा उठेका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्डको जवाफ पछि मात्र निर्वाचनको कार्यक्रम शुरु हुने भनिएको छ ।
माओवादीले १५ पुसमा महाधिवेशन समापन गर्ने तालिका बनाएको थियो । तर, अब महाधिवेशन १७ पुसम्म धकेलिने भएको छ ।