भलिवल च्याम्पियन टिमका खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको नेपाली राष्ट्रीय महिला टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बुधवारको वैठकले खेलाडीलाई प्रोत्साहन स्वरुप जनही नगद पाँच लाख दिने निर्णय गरेको हो । टिममा १२ जना खेलाडीले जनही ५–५ लाख पाउने छन् । यस्तै, दुई प्रशिक्षकले जनही ३–३ लाख र एक अफिसियलले २ लाख रुपैयाँ पाउने छन् ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले लगातार दोस्रोपटक हात पारेको हो । नेपाली भलिबल टीम भोली स्वदेश फर्किँदैछ ।
यो पनि, एभीसी सेन्ट्रल जोन भलिवलमा नेपाल लगातार च्याम्पियन