एभीसी सेन्ट्रल जोन भलिवलमा नेपाल लगातार च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला भलिवल च्यालेन्जकपको उपाधि जितेको छ ।
मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।
प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर, फाइनलमा सुरुवातीसेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो ।
रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६–२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४–२६ ले जित्यो ।
साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५–१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाए पनि चौथो सेट २२–२५ लेउज्वेकिस्तानले जित्यो ।
अन्तिम तथा निर्णायक सेट नेपालले १५–११ ले जित्यो ।
उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाइमा सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिनाश्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए ।
यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थानबनाइसकेको थियो ।
नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभीसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३–० को जितनिकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो ।