संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार
१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३० मा पुर्याएका थिए ।
जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ ।










