अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिए एसएसपी यादव

Getting your Trinity Audio player ready...
|
बुटवल/ नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।
अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।
घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।