युएसएनपीआरसीको छैटौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व बिद्यालयका पुर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदुत श्री केदारभक्त माथेमा ले नेपालका शैक्षिक क्षेत्र सुधार्न बिद्यालय र विश्वबिद्यालयमा राजनिति रोक्नु पर्ने, राज्यले लगानी बढाउनु पर्ने र त्रिबिबि को भार कम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
संस्थाका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा क्यालीफोर्निया स्टेट बिश्व बिद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित जोशी, द आर्टिक युनिभर्सिटी अफ नर्वेका प्रोफेसर पुरुषोत्तम बस्नेत, रोअन बिश्वबिद्यालय अमेरिकाका असिस्टेन्ट प्रोफेसर डा. कुल काप्री, काठमाण्डु विश्वबिद्यालय कि भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेल, सोगाङ बिश्व बिद्यालय दक्षिण कोरियाका प्रोफेसर डा. अग्नी राज कोईराला र त्रिबिबि का पाठ्यक्रम तथा मुल्यांकन का प्रोफेसर गणेश बहादुर सिंह ले प्रस्तुतीकारण गर्नु भएको थियो ।
२० जना बाट सोधिएका प्रश्नहरुको बक्ताहरुले जवाफ दिनु भएको थियो ।
कार्यक्रमको विषयमा र संस्थाकोबारेमा कार्यकारी सचिव डा. सुमन पराजुलीले प्रकास पर्नु भएको थियो भने धन्यवाद मन्तब्य डा सुरेन्द्र राज देवकोटाले गर्नु भएको थियो ।
दोश्रो सत्रमा संस्थाको गत वर्षको समिक्षा र आगामी वर्षको योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रमको संचालन तरुण पौडेल र जगदम्वा अधिकारीले गर्नु भएको थियो ।











